नियम
अदालतको गठन

(१) देहाय बमोजिम एक प्रशासकीय अदालतको गठन हुनेछ –

(क) ऐनको दफा ६९ को उपदफा (१) बमोजिम योग्यता पुगेको व्यक्तिहरुमध्ये नेपाल सरकारले तोकेको वा नियुक्ति गरेको व्यक्ति –अध्यक्ष

(ख) कानूनमा स्नातक भई नेपाल न्याय सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको पदमा कार्यरत अधिकृतहरु वा कानूनमा स्नातकभई कानून वा न्यायको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त व्यक्तिहरुमध्ये नेपाल सरकारले तोकेको वा नियुक्ति गरेको एकजना –सदस्य

(ग) कुनै विषयमा स्नातक भई नेपाल प्रशासन सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको पदमा कार्यरत अधिकृतहरु वा कुनै विषयमा स्नातक भई सार्वजनिक प्रशासनको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त व्यक्तिहरुमध्ये नेपाल सरकारले तोकेको वा नियुक्ति गरेको एक जना –सदस्य

(२) उपनियम (१) बमोजिम नियुक्त अध्यक्ष र सदस्यहरुको पदावधि पाँचवर्षको हुनेछ र निजहरु पुन नियुक्त हुन सक्नेछन् ।